काठमाडौं ।
सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुवै देशतर्फका सीमा नाका सोमबार बिहान दश बजेदेखि लागू हुनेगरी एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको हो ।
कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले एकतर्फी रुपमा भारतसँगको सीमा नाका बन्द गर्नुपर्ने विचार राखेका थिए ।
भारतले आइतबार मध्यरातिबाट लागू हुनेगरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेलगत्तै नेपालमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
९ चैत्र २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया