मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका सबै सीमा नाकाहरु आइतबारबाट पूर्ण रुपले बन्द गरिएको छ । जिल्लाको कृष्णनगर बाहेक भारतसंग जोडिएका सबै नाकाहरुमा आवातजावत बन्द गरिएको हो ।
कोरोना भइरस रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको निर्देशन अनुरुप एकतर्फीरुपमा भए पनि भारतसंगको सीमा नाका बन्द गरिएको सरोकारवालाहरुले बताएका छन ।
कपिलवस्तुको कृष्णनगर सीमानाकाबाट सर्वसाधारणहरुलाई अति आवश्यक कामका आधारमा पैदल ओहोर दोहोर गर्न दिने निर्णय गरिएको छ ।
तर, कपिलबस्तुका अन्य सबै नाकाहरु अर्को सूचना नआउँदा सम्मका लागि पूर्णरुपले बन्द गरिएको कपिलबस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
जिल्लाका ८ वटा नाकाहरु मध्ये कृष्णनगरबाट मात्रै आवत जावत गर्न पाईने पनि पौडेलले जानकारी दिनुभयो ।
मालबाहक सवारी साधनहरुलाई चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल भित्रने दिने पौडेलको भनाई छ ।
प्रतिक्रिया