बर्दिया ।
सिमामा तैनाथ सुरक्षाकर्मीलाई छल्दै स्वदेश फर्किएका चार नेपालीलाई पक्राउ गरी आइसोलेसनमा पठाइएको छ । भारतमा आइतबार जनता कफ्र्यू लागेका कारण नाका छलेर गुलरिया छिरेका उनीहरु स्थानीयले प्रहरीलाई खबर गरेपछि पक्राउ परेका थिए । गुलरिया नगरपालिका—७ भित्र शनिबार राति सुरक्षाकमीलाई छलेर नेपाल पसेको थाहा पाएपछि उनीहरुलाई प्रहरीको सहयोगमा आइसोलेसनमा पठाएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । नेपाल९भारत दुवै सीमा नाकामा कडाई गरे पनि खेत र जंगलको बाटो हुँदै बर्दियाभित्र पस्ने गरेकोले प्रहरीलाई कडा निगरानीमा राख्न स्थानीय प्रशासनले निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले आमनागरिक सचेत भएकाले ती चार जनालाई आइसोलेसनमा पठाउन सहज भएको बताए । ‘हामीले भारतीय समकक्षीसँग नेपाली र भारतीय नागरिकलाई नेपालभित्र छिर्न नदिन आग्रह गरेका छौं,’ उनले भने,’ हामीले पनि सिमामा भारतीय र नेपाली नागरिकलाई छिर्न रोक लगाएका छौं । शनिबार बर्दियाका नाकाबाट ८० जना मात्र भित्रिएका छन् ।
९ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया