९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतमा १० दिनका लागि रेल सेवा बन्द



एजेन्सी ।
भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरिदिएको छ । कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले यात्रुवाहक रेल सेवा बन्द गरिएको आइतबार जनाएको छ ।

रेल्वे निकायले वस्तु आपूर्तिका लागि प्रयोग हुने रेल सेवा भने सुचारु रहने प्रष्ट्याएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले रेल्वे अधिकारीलाई उद्धृत गर्दै आइतबार मध्यरातिदेखि सुरु हुने गरी रेल्वे सेवा ठप्प हुन लागेको जनाएको छ ।

यद्दपी उसले आज प्रस्थान गरेको रेललाई भने गन्तब्यसम्म पुग्न दिने जनाएको छ । भारतीय रेल्वे सञ्जाल विश्वकै सबैभन्दा लामो दूरीमध्येको सञ्जाल अन्तगर्त पर्छ । जसको लम्बाइ करिब एक लाख २३ हजार २३६ किलोमिटर रहेको छ । जसले दैनिक दुई करोड तीस लाख यात्री र तीस लाख टन वस्तु ओसारपोसार गर्छ ।

कोभिड–१९ को संक्रमण भारतमा तीब्र रुपमा फैलिरहँदा सरकारको निर्देशनमा विभागले यस्तो निर्णय लिएको जनाइएको छ । भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६ आइतबार ००:००  ४ : २३ बजे