अजय मिश्र, कृष्णनगर ।
संसारभर फैलिरहेको कोरोना भाइरसको सचेतना स्वरुप बहादुरगञ्जमा निशुल्क माक्स वितरणसहितको सचेतना कार्यक्रम गरिएको छ । कपिलवस्तुको कृष्णनगरपालिकामा पर्ने बहादुरगञ्जमा निशुल्क माक्स वितरणसंगै सरसफाईबारे सचेतना जगाउने काम गरिएको हो ।
कृष्णनगर नगरपालिकाको सहयोग र प्रेस क्लब अफ कृष्णनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सम्बन्धि सतर्कता बेलैमा अपनाउनुपर्नेमा जोड दिनुभयो । यो भाइरसबारे सबै सचेत बन्नुपर्ने बताउँदै हेलचेक्राई गरे यसको असर गम्भिर बन्ने चेतनावनी दिनुभयो ।
उक्त अवसरमा नगर प्रमुख शाहले ५ थान इन्फरारेड फारहेड थर्मामिटर शिवराज अस्पतालका वेद प्रकाश चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो । नगरपालिकाले आवश्यकता अनुसार अझै थर्मामिटर दिने उहाँले बताउनुभयो ।
प्रेस क्लब अफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तवले कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको निर्देशन सबैले पालना गर्नुपर्ने बताउँदै साबुन पानीले नियमित हात धुन र भिड भाडमा नजान आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस क्लब अफ कृष्णनगरका उपाध्यक्ष निरहु यादव, कोषाध्यक्ष अनेक पाण्डे, सदस्यहरु सहवाज खान, प्रिंस मिश्र, कमलेश चन्द्र गुप्ता, रमाशंकर तिवारी, अजय मिश्र क्लबका सल्लाहकार मनिष कुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
९ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया