मायादेवी अनलाइन, अर्घाखाँची ।
प्रदेश ५ कै सुप्रसिद्ध सुपादेउराली मन्दिरको पूजाआजा बन्द गरिएको छ । अर्घाखाँचीमा अवस्थित सुपादेउराली मन्दिरको पूजाआजा विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
नेपाल सरकारले सुचना प्रकाशन गरे अनुसार हाल पूजाआजा बन्द गरिएको र अर्को सुचना नआउदासम्म यो जारी रहने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।
आइतबारबाट सुपादेउराली मन्दिर पूर्ण रुपमा बन्द भएको छ । मन्दिर बन्द भएपनि यात्रा गर्दा भने बाहिरबाटै सुपादेउराली मन्दिरको दर्शन गर्न भने दर्शनार्थीले पाउनेछन ।
सुपादेउराली नेपालकै प्रसिद्ध धार्मिक स्थल हो । यहाँ भारतका विभिन्न स्थानबाट पनि हजारौ भक्तजनहरु दर्शनका लागि आउने गर्छन । यो मन्दिरको नाममा भाकल परे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
९ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया