९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

इटलीका प्रधानमन्त्रीले भनेः कोरोनाभाइरस दोस्रो विश्वयुद्धयताको सबैभन्दा ठूलो संकट



रोम ।
इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले कोरोना भाइरस दोस्रो विश्वयुद्धयताको सबभन्दा ठूलो संकट भएको बताएका छन् ।

उनले मुलुकभरका अत्यावश्यकबाहेकका उद्योगधन्दा, कलकारखाना बन्द गर्ने निर्देशन दिएका छन् । खाद्यान्न र औषधि उत्पादन कम्पनीबाहेकका सम्पूर्ण उद्योगहरु बन्द गर्ने उनले निर्देशन दिएका हुन् ।

शनिबार फेसबुक लाइभमार्फत उनले भने, “अब निकै गम्भीर सावधानी अपनाउनुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।” 

इटालीमा हालसम्म ५३ हजार ५७८ जनाको संक्रमित भएका छन् भने ४ हजार ८२५ संक्रमित भएका छन् ।

“हाम्रो नागरिकको यति ठूलो संख्यामा मृत्यु निकै पीडादायी घटना हो । हामीले कोरोनाको सामनाका लागि हरेक दिन प्रयास गरिरहेका छन् । हामीले दैनिक सुनिरहेको मृत्यु केवल संख्यामात्र होइन । ती मानिसहरु हुन्, ” उनले भने ।

उनले देशभरका फार्मेसीहरु, खाद्यान्ह गोदाम, वित्त सेवा र सार्वजनिक यातायात भने खुला रहने बताएका छन् ।

“हाम्रो सावधानीले हामीलाई एकदिन उद्योगहरु खुला रहने, पिजाहरु खान मिल्ने, साथीलाई अंकमाल गर्न पाइनेछ । हामी यो गर्नेछौं, किनकि हामी इटालीलाई माया गर्छौं । तर, अहिले पूर्वसावधानी आवश्यक छ ” कोन्टेले थपे । -सीएनएन

प्रकाशित मिति : ९ चैत्र २०७६ आइतबार ००:००  ८ : ५८ बजे