एजेन्सी ।
अर्जेन्टिनाका चर्चित फुटबलर पाउलो डायबलालाई कोरोना संक्रमण भेटिएको छ । अर्जेन्टिनाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा इटालियन क्लब युभेन्टसका स्ट्राइकर पाउलो डायबाला कोरोना संक्रमित भएका हुन् । डायबालासहित युभेन्टस फुटबल क्लबका ३ जना खेलाडीहरुमा कोरोना संक्रमित भइसकेका छन् । युभेन्टसका स्ट्राइकर पाउलो डायबालाले उनी र प्रेमिका ओरियाना सबातिन दुवैमा कोरोना संक्रमण देखिएको छ ।
डायबालामा कोरोनाका लक्षणहरु देखिएपछि गत हप्ता परीक्षण गरिएको थियो । उनमा कोरोना पोजिटिभ देखिएपछि हाल उनी घरमै आइसोलेसनमा छन् । उनले सामाजिक संजालमा भनेका छन्,‘म र मेरी प्रेमिका दुवै कोभिड–१९ बाट संक्रमित छौँ, हामी दुवैजना आइसोलेसनमा रहेका छौँ ।’
प्रतिक्रिया