९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना सन्त्रासः भारतभर आज जनता कर्फ्यु



एजेन्सी ।
भारतमा आज जनता कर्फ्यु लगाइएको छ । कोरोना भाइसविरुद्ध लड्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आज जनता कर्फ्युको घोषणा गरेका थिए । सोही अनुसार आज विहान ७ बजेदेखि बेलुका ९ बजे सम्म कर्फ्यु लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कर्फ्युका कारण सडक सुनसान छन्। जनता पनि घरबाट बाहिर निस्किएका छैनन् ।

केन्द्र सरकारको निर्णय अनुसार आज भारतभर कर्फ्यू लागेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडभाड हुँदा कोरोनाका संक्रमण हुँदा भाइरस सर्ने भन्दै घरबाट बाहिर ननिस्किन अपिल गरेका छन् । भ भारतमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ भने ३ सय भन्दा बढी संक्रमित भएका छन् । सार्क राष्ट्र एक भएर कोरोना भाइरसविरुद्ध लड्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सार्क राष्ट्रका राष्ट्रप्रमुखहरु भिडियो कन्फरेन्समा सहभागी भएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६ आइतबार ००:००  ८ : ३९ बजे