९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चट्याङ लागेर गुल्मीमा एकजनाको मृत्यु



गुल्मी ।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेककी ३७ वर्षीय होमकला श्रीसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरमा बसिरहेको बेला शुक्रबार राति आठबजे हावाहुरीसँगै आएको चट्याङले उनलाई घाइते बनाएको थियो । घाइते श्रीसको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजनकुमार रावलले जानकारी दिए ।

शवलाई पाल्पामै पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ। घाइतेको परिवारलाई तत्काल राहतका लागि १० हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । अन्य अवस्था हेरी विपदका बेलामा गाउँपालिका साथमा रहेको पनि ढकालले जानकारी गराए ।

प्रकाशित मिति : ८ चैत्र २०७६ शनिबार ००:००  ८ : ५८ बजे