मायादेवी अनलाइन, चारनम्बर ।
अहिले महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) का बिरुद्ध शनिबार बाणगंगा नगरपालिका वडा नं. ६ मा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । नेपाल युवा संस्था संजाल (आयोन), लक्ष्मणघाट सामाजिक विकास केन्द्र र लक्ष्मणघाट बोलबम धाम विकास समितिको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
सो कार्यक्रममा गजेहडा स्वास्थ्य चौकीका इन्चार्ज द्रोणराज बेल्वासेले कोरोना भाइसरबाट बच्ने उपाय, यसका लक्षण र पूर्व सावधानीका बिषयमा जानकारी गराउनु भयो ।
यसै गरी नियमित रुपमा साुबन पानीले हात धुने तरिका, यसको महत्व र आवश्यकताबारे प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । कार्यक्रममा रेडियो जिंगलको माध्यमबाट बाणगंगा नगरपालिका वडा नं. ६ र ५ अन्तरगत पर्ने लक्ष्मणघाट, गणेशटोल, मनोहारपुर, कोपवा, बैदौली, अमौली, भगलापुर, सुठौली र बनकसियामा मोटर साइकल ¥याली समेत गरिएको संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपाने जानकारी दिनु भएको छ ।
¥यालीमा कोरोना भाइरसबाट बच्न सकिने उपाय, पुर्व सावधानीका तरिका बिषयमा जानकारीमुलक सन्देशहरु लेखिएको थियो । सो मोटरसाइकल ¥यालीको संयोजन संस्थाका कार्य समिति सदस्य अंजित खनालले गर्नु भएको सथयो ।
कार्यक्रम लक्ष्मणघाट सामाजिक विकास केन्द्रका अध्यक्ष रनबहादुर काउचाको अध्यक्षता, बाणगंगा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सुकदेव थारुको प्रमुख आतिथ्यता, वडा सदस्य बेचु थारु, ईलाका प्रहरी कार्यालय कोपवाका प्रमुख यान बहादुर कुँवर, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सह सचिव मोहन बेल्वासेको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण लक्ष्मणघाट सामाजिक विकास केन्द्रका सचिव थानेश्वर अधिकारीले गर्नुभएको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य भोजराज बञ्जाडेले जानकारी दिनु भएको छ ।
८ चैत्र २०७६ शनिबार ००:००
4
Shares
प्रतिक्रिया