एजेन्सी ।
कोरोना भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेमा अधिकांस वृद्धवृद्धा रहेका छन् । दिनप्रतिदिन मृतकको संख्या बढिरहेका बेला त्यहाँको तथ्यांक अनुसार ज्यान गुमाउने मानिसमा अधिकांस ७० देखि ९० वर्षका मानिस रहेका देखिएको छ ।
एकैदिन थप ६२७ जनाको मृत्यु भएको छ । इटालीका अधिकारीका अनुसार मृतकको संख्यामा एकैदिन १८ दशमलव ४ प्रतिशत वृद्धि भएको छ । त्यसमा ४१ प्रतिशत ८० देखि ८९ उमेर समूहका रहेका छन् भने ३५ प्रतिशत ७० देखि ७९ उमेर समूहबाट रहेका छन् । इटालीको कुल जनसंख्याको २३ प्रतिशत जनसंख्या ६५ वर्षमाथिको रहेको छ ।
यो संख्या जापानपछिको सबैभन्दा बढी हो । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । बिहीबारमात्रै इटालीले मृतक संख्यामा कोरोना भाइरसको उद्गमस्थल चीनमा भएको मृतक संख्यालाई उछिनेको थियो । हालसम्म इटालीमा संक्रमितको संख्या ४७ हजार २१ पुगिसकेको छ ।
प्रतिक्रिया