९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना भाइरसः इटालीमा ज्यान गुमाउने ४ हजार ३२ पुगे



काठमाडौँ ।
विश्वभर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै १३ सय ५७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
अहिलेसम्म विश्वभर २ लाख ७५ हजार ५ सय ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसमध्येका ३० हजार ६ सय ३७ जना नयाँ संक्रमित हुन् ।
कोरोना भाइरसबाट संक्रमित ९१ हजार ५ सय ३३ जना उपचारपछि निको भएका छन् । अहिले १ लाख ७२ हजार ६ सय ४९ जनाको उपचार भइरहेकोमा उनीहरु मध्ये ७ हजार ७ सय ६५ जना गम्भीर रहेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण बितेको २४ घण्टामा सबैभन्दा धेरै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म ४ हजार ३२ जनाले ज्यान गुमाइसकेका छन ।
चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । चीनमा बितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । त्यहाँ ४१ जनामा नयाँ संक्रमण फेला परेको छ ।
त्यस्तै स्पेनमा २ सय ६२, इरानमा १ सय ४९, फ्रान्समा ७८, अमेरिकामा ५४, बेलायतमा ३३, नेदरल्याण्डमा ३०, बेल्जियममा १६ जनाले बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६ शनिबार ००:००  ८ : १४ बजे