९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

युवाहरुमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना छैनः डब्लुएचओ



एजेन्सी ।
विश्व स्वास्थ्य संगठनले युवाहरुमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नरहेकोले सचेत रहन चेतावनी दिएको छ ।
युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरसबाट मुक्त नभएकोले धेरै हिँडडुल गर्ने र कमजोर एवं वृद्ध मानिसहरुको संगत कम गर्ने कुरामा ध्यान दिन डब्लुएचओले चेतावनी दिएको हो ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन् ‘युवाहरुले चयन गरेका व्यवहारले कसैका लागि पनि जीवन र मरणबीचको अन्तर हुन सक्छ ।’
कोभिड १९ का कारण अहिलेसम्म विश्वभर ११ हजार मानिसको मृत्यु भइसकेको छ र दुई लाख ५० हजार भन्दा धेरै संक्रमित छन् । विश्व स्वास्थ्य संगठनको यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला अधिकांश देशका युवा स्वास्थ्य चेतावनीलाई लिएर चिन्तित नरहेको रिपोर्ट सार्वजनिक भयो । ती रिपोर्टहरुमा केबल बयस्कहरुलाई मात्रै कोरोना भाइरसको जोखिम बढी रहेको उल्लेख छ।
तर जेनेभास्थित विश्व स्वास्थ्य संगठनको मुख्यालयबाट बोल्दै महानिर्देशकले भने ‘बृद्धहरुमा यसको अधिक प्रभाव छ तर युवाहरु पनि यसबाट बचेका छैनन् ।’
उनले भने, ‘युवाहरुका लागि मेरो सन्देश छ । तपाईहरु जोखिममुक्त हुनुहुन्न । यो भाइरस तपाईँलाई हप्तौँका लागि अस्पताल र्पुयाउन सक्छ र ज्यान पनि लिन सक्छ । यदि तपाईँ बिरामी नभए पनि कसैको लागि जीवन र मरणको कारक बन्न सक्नुहुन्छ ।’
अनुसन्धानबाट पत्ता लागेको छ कि यो भाइरसले सबै उमेर समूहका मानिसमा संक्रमण पैदा गर्न सक्छ र खासगरी उमेर पुगेका र रोगी व्यक्तिहरुलाई अझ खतरनाक बन्न सक्छ । कोभिड १९ का कारण इटालीमा ज्यान गुमाउने व्यक्तिहरुको औषत आयु ७८ं.५ वर्ष छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६ शनिबार ००:००  ७ : ५१ बजे