मायादेवी अनलाइन, कपिलवस्तु ।
शून्य ब्यालेन्समा एन आई सी एसिया बैङ्कमा खाता खोलेका कपिलवस्तु बाणगंगा नगरपालिका लक्ष्मणघाटका एक शिक्षकले १५ हजार बढी रकम पाएका छन् । बैङ्कको सुपर चामत्कारिक खाता योजना अन्तर्गत जितपुर शाखाबाट केही महिना अघि खाता खोलेका खमेन्द्र बहादुर मल्ल ठकुरीले मेडिकल इन्सुरेन्स दाबीबापत् १५ हजार ५ सय ४३ रुपैयाँ पाएका हुन् ।
स्थानीय लक्ष्मणघाट माविमा अध्यापनरत मल्लले उहाँकी श्रीमती शुशिला मल्ल विरामी भएपछि मेडिकल इन्स्युरेन्स दाबी गरेको बताउनु भयो । त्यसपछि विना झञ्झट बैङ्कले रकम दिएको उहाँकोे भनाई छ । सो योजनाको खाता खोलेको केही समयपछि मल्लकी श्रीमती शुशिला विरामी भएपछि खेमेन्द्रले मेडिकल इन्स्युरेन्स दाबी गर्नुभएको थियो । बैङ्कको यस योजना अन्तर्गत परिवारको श्रीमान अथवा श्रीमतीले शुन्य ब्यालेन्समा खाता खोलेमा २१ बर्ष सम्मका २ जना सन्तानलाई विमा सुविधा प्रदान हुन्छ ।
त्यसै अन्तर्गत ठकुरी परिवारले सो रकम पाएको हो । रकम पाए पछि ठकुरीले खुसी हुँदै बैङ्कको खाता योजना साँच्चै सुपर चामत्कारिक रहेको बताउनु भयो । बैङ्कका ५ नम्बर प्रदेश प्रमुख तिलक सुन्दर कार्की, बुटवल देवीनगर एसपीओ प्रमुख राम कृष्ण काफ्ले, जितपुर शाखा प्रमुख अर्जुन तिमिल्सिना लगायतले शुक्रबार संयुक्त रुपमा सो रकम हस्तान्तरण गर्नुभएको थियो । बैङ्ले मुलुकका धेरै स्थानमा यस्ता योजनाका विमा दाबी कर्तालाई लाखौँ रकम दिइसकेको छ ।
प्रतिक्रिया