गुल्मी ।
केहि दिनअघि गुल्मीको बलेटक्सारमा १२ बर्षीया बालिका बलात्कारको अभियोग लागेका एक युवा शुक्रबार पुर्पक्षका लागि जेल चलान भएका छन ।
फागुन १२ गतेका दिन रुरु क्षेत्र गाउँपालिका– ४ को बलेटक्सारमा १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाग्लुङ्ग घर भई बलेटक्सारमा डेरा गरि बस्ने २३ बर्षीय तिलबहादुर बुढा जिल्ला अदालत गुल्मीको आदेशमा कारागार चलान भएका हुन् ।
एक घरमा घरेलु कामदारको रुपमा रहेकी ती बालिकालाई बलात्कार गरेको अभियोगमा बुढालाई कारागार थुनामा पठाइएको त्यस अदालतका श्रेस्तेदार रामशरण लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया