९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना त्रासः शिवराजले बनायो चार शैयाको क्वारेन्टाइन



मायादेवी अनलाइन, चन्द्रौटा ।
कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि कपिलवस्तुका स्थानीय तहले जनचेतनाको कार्यक्रम शुरु गरेका छन् । जिल्लाका १० स्थानीय तहले नगर र वडा स्तरमा कोरोना रोकथाम र नियन्त्रणका लागि समन्वय समिति गठन गरेका हुन् । जिल्लामा साप्ताहिक रुपमा लाग्दै आएका सवै हाटबजारहरु स्थानीय तहले सूचना निकालेर बन्द गरेका छन् ।
भारतीय सिमा क्षेत्रबाट हाटबजार क्षेत्रमा किनमेलका लागि सर्वसाधारण आउने जाने र सम्भावित कोरोनाको संक्रमण फैलन सक्ने भन्दै हाटबजार बन्द गरिएको हो । वाणगंगा नगरपालिकामा गठित समन्वय समितिले कोरोनाबाट बच्ने उपाय, रोकथाम र लक्षण सम्बन्धी प्रचार प्रसार सामग्री बनाएर नगरवासीलाई वितरण गरेका छन् ।
त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिई चन्दौटा दुर्गामन्दिरमा ४ शैयाको क्वारेन्टाइनको व्यवस्था मिलाइएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । शनिबार देखि शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाको सिमा क्षेत्र जवाभारीमा हेल्प डेक्स राखी ज्वरो चेकजाँच गर्ने शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताउनु भयो । शंकास्पद विरामी देखिएमा कोरोनाको लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन सबैमा अनुरोध समेत गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  ६ : ५० बजे