काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ५ः३० बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टटराईले जानकारी दिए ।
गत सातामात्र अस्पतालबाट मिर्गौला प्रत्यारोपण गरी फर्किएका ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै काम गरिरहेका छन् । कोरोनाभाइरसको संक्रमणको जोखिम तथा न्यूनीकरण गर्न भन्दै सरकारले विभिन्न कदम चालेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । यसअघि सरकारले कोरोना संक्रमण फैलिन नदिन सरकारले २५ जनाभन्दा धेरै भेला नहुन, शिक्षण संस्था बन्द गर्ने, अन्तराष्ट्र्रिय आवातजावात बन्द गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया