काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मापसे जाँच रोकिएको अनलाइनखबरलाई बताए । यद्यपि, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने उनले जनाए ।
‘पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौं । तर, लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउँछौं । र, आफन्तको जिम्मा लगाउँछौं’, ढकालले भने । ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।
प्रतिक्रिया