९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कृत्रिम अभाव र कालोबजारीको मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले निगरानी गर्ने



मायादेवी अनलाइन, कपिलवस्तु ।
कोरोना भाइरसको प्रकोपका कारण हुन सक्ने समस्यामाथि सहजीकरण गर्न मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले पहल थालेको छ । समाजले प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाउदै कोरोना भाइरसको संक्रमण हुन नदिनको लागि आवश्यक पर्ने पूर्व सावधानी र सतर्कताको लागि ध्यानाकर्षण गराएको हो । विश्वको यस विषम परिस्थितिमा हुन सक्ने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, कालो बजारी आदिलाई नियन्त्रण, रोकथाम र न्यूनिकरण गर्न आफूहरुले राज्य र सरकारसंग सहकार्य गर्न चाहेको भन्दै सभापति गोविन्द पोख्रेलले अधिकारीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले यसमा आफ्नो गक्भिर ध्यानाकर्षण भएको बताउनु भयो । समाजले अब आफ्ना सदस्यहरुलाई स्वयंसेवी तवरमा जिल्ला जिल्लामा परिचालन गर्ने नीतिसमेत राखेको छ भने जिल्लाका बिभिन्न स्थानमा सरोकारवालासंग सहकार्य गरेर बजार अनुगमन गर्ने जनाएको छ । यस्तै कोरोनाको सर्तकताका लागि चकाडचौडा, कृष्णनगर र मार्यादपुरमा हेल्प डेक्स सहित विभिन्न काम गर्ने पनि पोख्रेलले बताउनु भयो ।

यो परिस्थितिमा सर्वसाधारणलाई अप्ठ्यारो पार्ने कार्य पनि मानवताविरुद्धको अपराध जस्तै हुने भएकाले मानवीय संबेदना बुझ्नै सबै ब्यापारी बयावसायी र उद्योगीलाई अनुरोध गरेको छ । साथै आपूर्ति व्यवस्थालाई सहज बनाउन, देशमा कानुन विहिनताको स्थिति उत्पन्न हुन नदिन नागरिक खबरदारीका गर्नका लागि पनि अभियान सुरु भएको समाजको भनाई छ ।

ज्ञापन पत्र बुझाउन सभापति पोख्रेलसहित, सचिव भरत न्यौपाने, सह सचिव पशुपतिमणि त्रिपाठी, सदस्यहरु माधव घिमिरे, बसन्त कुवंर, ज्योति पाण्डे, बुद्धिसागर बेल्वासे र मनाव अधिकारकर्मी राम दयाल ठाकुर लगायत जानु भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  ९ : ३१ बजे