९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

काठमाण्डौँमा ६.२ म्याग्निच्युडको भूकम्प, सर्वसाधारण भन्छन् फेरि हल्लायो



काठमाडौँ ।

काठमाडौँ सहितका क्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।भूकम्पले हल्लाएपछि मानिसहरुले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन् । उनीहरुले यसअघिका परकम्प भन्दा यो बढी शक्तिशाली भएको भन्दै राम्ररी अल्लाएको बताएका छन् । चीनको तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।नेपालमा यसको धक्का काठमाडौँसहितका क्षेत्रमा पनि महसुस गरिएको हो ।यस्तै चीनको तिब्बत केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर १८ मिनेटमा ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  ८ : ५३ बजे