९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सुशासन र विकास प्रति नगर प्रतिबद्ध छः मेयर श्रेष्ठ



मणि प्रसाद गैह्रे, कपिलवस्तु ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले नगरपालिकाले नगरको विकास र कार्य सम्पादनमा सुशासनकायम रहेको बताएका छन । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राविधिक सहयोग र नगरपालिकाको आयेजनामा सम्पन्न सार्वजनिक सुनुवाईमा बोल्दै मेयर श्रेष्ठले विकासमा आफु लगायत कार्यपालिका सबै लागेको बताए । साथै उनले कर्मचारी तथा सेवा प्रवाहमा पनि तदारुकताका साथमा काम भैरहेको जिकिर गरे ।
बुद्धभूमि ६ महुवामापुल निमार्णको लागि समेत पहल भएको बताए । संघ तथा प्रदेशमा महुवा वलरमवापुर जोड्नको लागि पक्कीपुल आवश्यकता पर्ने भएकोले सम्बन्धित निकायमा पहल बताए ।
स्थानीय तहको बजेटले ठुला योजना सम्पन्न गर्न गाह्रो परेकाले ति योजनालनाई प्रदेश तथा संघिय सांसदलाई सम्वोधन गर्न समेत आग्रह गरेका छन । त्यस्तै नगरपालिकाकी उप प्रमुख मिरा चौधरीले जनताका सल्लाह र सुझाव नै मार्गदर्शन भएकोले जनतालाई पालिकामा फोन तथा जहापनि सल्लाहा र गुनासो गरि जनप्रतिनिधी तथा कर्मचारीलाई झकझकाउन आग्रह गरिन ।
कार्यक्रममा वोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलवहादुर राउत क्षेत्रीले नगरपालिकाले विकास निमार्णका काममा कसैलाई विभेद नगर्ने वताए ।
कार्यक्रममा वोल्दै बुद्धभूमि नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नन्दलाल यादवले नगरपालिकाको सवै भन्दा पछाडी परेको वडा ६ नं. भएको हुदा यहाको विकासको लागि प्राथमिकता दिनु पर्ने बताए । अन्य वडा भन्दा सडक सिंचाई, पुर्वाधार लगायतको विषयमा वडा नं. ६ कमजोर भएको हुदा संघ प्रदेश र नगरपालिकाले थप योजना ल्याउनु पर्ने यादवले बताए ।
सो अवसरमा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले बस्ती तहमा जनताका समाचारलाई पत्रकारले प्राथामिकता दिई विकासमा सहयोग गर्ने बताए । सो अवसरमा वडा नं ८ का अध्यक्ष कपिलवदेव तिवारी विभिन्न शाखाका प्रमुखहरुले नागरिकहरुबाट आएका सवालहरुलाई सम्वोधन गरेका थिए । कार्यक्रममा शिक्षा, स्वास्थ्य, सडक सिंचाई लगायतका विषयमा नागरिकहरु वाट जिज्ञासा आएका थिए ।
नगरपालिकाको कामगतिविधी, सेवाग्राही विचकागुनासो लगायतको विषयमा सरोकारवालाबीच छलफल समेत गरीएको छ । कार्यक्रममा कोरोना रोगको संक्रमणबाट सचेत रहन नगरवासीहरु लाई अनुरोध समेत गरीएको थियो । नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी हाट बजार बन्द गर्ने निर्णय समेत गरेको छ । पत्रकार महांसघका शाखा सदस्य मणि प्रसाद गैह्रेको संचालन र सचिव हरी अधिकारीको स्वागतमा महुबाबाबा विद्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६ बिहिबार ००:००  ७ : २४ बजे