मायादेवी अनलाइन, चारनम्बर ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) लाई मध्यनगर गर्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटि) अन्तरगत प्रदेश ५ का सबै शिक्षालय बन्द भएका छन । नीजि प्राविधिक शिक्षालय महासंघ प्रदेश ५ का अध्यक्ष अरुण कुमार पाण्डेयले एक सुचना जारी गर्दै चैत्र मसान्तसम्मका लागि शिक्षालयका सम्पूर्ण पठनपाठन र परीक्षा स्थगन भएको बताउनुभएको छ ।
नेपाल सरकारको निर्णय अनुसार शिक्षालय बन्द भएको भन्दै यस कार्यमा सघाउन अध्यक्ष पाण्डेयले सबैमा आग्रह गर्नुभएको छ । साथै कोरोना नियन्त्रणका लागि सरकारले चालेको यो कदम स्वागतयोग्य रहेको पनि बताउनुभएको छ ।
६ चैत्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया