विराटनगर ।
प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । जारी हिउँदे अधिवेशनको विहीबार सम्पन्न २२ औं बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले स्थगनको घोषणा गरेका हुन ।
प्रदेशसभाको बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले केरोना भाइरस संक्रमण रोकथामकालागि संघीय सरकारले गरेको निर्णयअनुसार एक नम्बर प्रदेशसभा बैठक अनिश्चिकालकालागि स्थगित गर्ने निर्णय गरेको हो ।
१ नम्बर प्रदेश सभाको पाँचौ तथा हिउँदे अधिबेशनको बैठक बिहीबार बसेको थियो । सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मकालागि संसदको बैठक स्थगित भएको जानकारी सदन समक्ष गराएका थिए ।
संघीय सरकारले २५ जना भन्दा बढी संख्यामा भेला नहुन सूचना जारी गरिसकेको छ । यसैगरी अदालतको काम कार्वाहीसमेत स्थगित गर्ने बुधबार निर्णय गरेको छ ।
प्रतिक्रिया