स्याङ्जा ।
फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्याइदिन सुरु गरेको छ ।
गाउँपालिकाले बिहीबार बिहादेखि निःशुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
कोरोना भाइरस ९कोभिड–१९० को जोखिमलाई ध्यान दिँदै सरकारले बुधबार साँझ बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका ५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई बिहीबार बिहानदेखि घर पुर्याउन यातायातको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यस पटकको एसईई परीक्षामा देशभर कुल चार लाख ८२ हजार सात सय ७ जना विद्यार्थी सहभागी हुने जनाइएको थियो ।
प्रतिक्रिया