मायादेवी अनलाइन, चारनम्बर ।
कृष्णनगर क्षेत्रका प्रभावशाली नेता तथा मेयर रजत प्रताप शाह सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उठेर मेयरमा निर्वाचित हुनुभएका शाह स्वतन्त्र रुपमै रहर काम गर्दै आउनुभएको थियो ।
तर, विहीबार विहान शाह नेकपामा प्रवेश गर्नुभएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँलाई आफ्नै निवासमा पार्टी प्रवेश गराउनुभएको बताइएको छ ।
विश्वभर कोरोना भाइरसले आतङ्कित बनाइरहेकाले उहाँ प्रचण्ड निवासबाट नेकपाको सदस्यता लिनुभएको बताइएको छ ।
जानकार स्रोतका अनुसार उहाँलाई पूर्वमन्त्री तथा नेकपाका मधेसका प्रभावशाली मात्रृका प्रसाद यादवले शाहले नेकपाका प्रवेश गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
नेकपा प्रवेश गरेपछि मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपाका जनताको बीचमा गरेका काम र उसका नीति राम्रो लागेर आफु पार्टी प्रवेश गरेको बताउनु भयो । उहाँले पार्टीको सिद्धान्त अनुसार अब अघि बढ्ने बताउँदै नेकपामै राजनीति भविष्य देखेको बताउनुभयो ।
पूर्वमन्त्री समेत भएर स्वर्गीय हुनुभएका राघवेन्द्र प्रताप शाहका कान्छा छोरा रजत प्रताप कृष्णनगर क्षेत्रमा लोकप्रिय हुनुहुन्छ । उहाँका दाजु गौरव प्रताप शाह (विक्कु वाबु) पटक–पटक जिविस सभापति भएर काम गर्नुभएको थियो । गौरव प्रताप पनि स्वर्गीय भैसक्नुभएको छ । पुरानो राजनीति विरासत बोकेको शाह परिवारका लोकप्रिय नेता (नेकपा) प्रवेश गरेसंगै राजनीति बृत्तमा विभिन्न चर्चा चलेको छ ।
शाह परिवारकै अभिषेक प्रताप शाह कांग्रेसबाट चुनाव लडेर प्रतिनिधिसभा ३ को सांसद बन्नुभएको छ । सांसद अभिषेक रजत प्रताप शाहको नाताले छोरा हुनुहुन्छ ।
प्रतिक्रिया