९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोभिड १९ः सबै हाट बजार बन्द गर्ने बाणगंगा नगरपालिकाको निर्णय



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगर भित्रका सबै हाट बजार बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ः अर्थात् कोरोनाले विश्वब्यापी रुपमा महामारीको रुप लिइरहेको सन्दर्भमा राष्ट्रिय समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले नगर भित्र संचालन हुने सबै हाट बजार बन्द गर्ने निर्णय गरेको हो ।

वुधवार सम्पन्न दैवि प्रकोप तथा विपद् व्यवस्थापन समितिको वैठकमा हाट बजार बन्द गर्ने या नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय भएको थिएन । हिजो मात्रै गृह मन्त्रालयले एसइइ स्थगन देखि बिभिन्न निर्णय गरेसंगै बाणगंगा नगरले पनि चैत्र ७ गते बाट हाट बजार बन्द गर्ने निर्णय गरेको नगर प्रमुख मंगलप्रसाद थारुद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सुचनामा भनिएको छ, ‘चिनको बुहान शहरबाट सुरु भई विश्वका १ सय ६५ देशहरुमा कोरोना भाइरस फैलिई मानव स्वास्थ्यमा ठूलो भयावहको स्थिती देखिएको छ । हाम्रो देश भित्रको कुनै पनि स्थानहरु उक्त भाइरसबाट प्रभावित व्यक्तिहरुको संख्या बढी नभएपनि जुनसुकै दिनहरुमा यसको भयावह स्थिती नहोला भन्न सकिने छैन । बढ्दै गैरहेको महामारीबाट जोगिन र जोगाउन सबै नगरबासीको दायित्व हुन आउँछ । यस्तो समयमा मानवीय क्षति हुन नदिनका लागि नगरभित्र २५ जना व्यक्तिहरुको जमघट सभा, समारोह नगर्न, संस्थाहरुको साधारणसभा बैठक, बार्षिक कार्यक्रम, नगरमा सञ्चालन हुने हाट बजार लगायत सबै कार्यहरु आजको मिति देखि रोक्न र दैनिक उपभोग्य बस्तुहरुको कृत्रिम अभाव सिर्जना हुन नदिन र अत्यावश्यक काम बाहेक घरबाट निस्कने कार्यलाई कम गर्न सुचना जारी गर्ने निर्णय भएकाले सोही अनुसार सम्पूर्ण उद्योगी व्यवासायी, कृषक, संघ संस्था सञ्चालक, शिक्षक, कर्मचारी लगायत सबै नगरबासी आमाबुवा, दाजुभाई दिदी बहिनीमा अनुरोध छ ।’

प्रकाशित मिति : ६ चैत्र २०७६ बिहिबार ००:००  १२ : १८ बजे