मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा कोरोना भाइरस सम्बन्धि अन्तरक्रिया भएको छ । बुधवार भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट आएको सुझावलाई मध्यनजर गर्दै गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण गर्न पूर्व तयारी गरेको छ ।
गाउँपालिकामा तीन ठाउँमा हेल्थ डेस्क राख्ने विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो । इलाका प्रहरी कार्यालय गणेशपुरको अगाडी र अर्को गाउँपालिकाको कार्यालयमा बिहीवारदेखि हेल्थ डेस्क राखि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सबै सरकारी निकायहरुमा सेनिटाइजर, हात धुने साबुन, पानी सहितको व्यवस्थापन गरेको साथै तत्कालै कसैलाई समस्या देख परे सम्पर्क गर्नका लागि ३ ओटा हेल्प लाइन नम्बर सार्बजनिक गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण भएको आशंका लागेको खण्डमा गाउँपालिकाले टोल–फ्री नम्बर १६६०७६५२००१ साथै गाउँपालिकाको स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीलाई ९८४७०३५९०१ र इलाका प्रहरी कार्यालय गणेशपुरको ९८५७०५५१७२ मा सम्पर्क गर्नका लागि सर्वसाधारणलाई अनुरोध गरेको छ ।
६ चैत्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया