९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना त्रासः अमेरिका र क्यानडाबीच नाका बन्द गर्ने सहमति



एजेन्सी ।
अमेरिका र क्यानडाबीच सीमानाका बन्द गर्ने सहमति भएको छ । अमेरिकाका राष्ट्रपति तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बढ्दो कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै दुई देशको सीमानाका बन्द गर्ने सहमति भएको हो ।

अत्यावश्यक बाहेकका अवस्थाका लागि उनीहरूले सीमानाका बन्द गर्ने सहमति गरेका हुन् । ‘आपसी सहमतिमा हामीले अस्थायीरुपमा उत्तरी नाका बन्द गर्दैछौ’, ट्रम्पले भने ।

बुधबारको छलफलपछि दुबै देशले नाका बन्द गर्ने सहमति गरेका हुन् । यो सहमतिले दुबै देशबीचको व्यापारलाई भने कुनै असर नगर्ने बताइएको छ ।

क्यानडाको ७५ प्रतिशत निर्यात व्यापार अमेरिकासँग रहेको छ । दुबैदेशबीच प्रतिदिन २ विलियन अमेरिकी डलर बराबरको सामान ओसारपसार हुने गरेको छ भने दैनिक २ लाख मानिसहरूको आवतजावत हुनेगर्छ ।

मार्चयता दुवै देशमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । अमेरिकामा हालसम्म यसका ८ हजार संक्रमण पुष्टि भएका छन् भने १३८ जनाको ज्यान गइसकेको छ ।

यसैगरी क्यानडामा ५९८ जनालाई यसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६ बिहिबार ००:००  ८ : १९ बजे