मायादेवी अनलाइन, बुद्धभूमि ।
विश्व जगतलाई नै नोवेल कोरोना भाइरसले त्रास पारिरहेको बेला कपिलवस्तुको बुद्धभूमि नगरपालिका सम्भावित जोखिमबाट बच्चका लागि सचेतना अभियानमा जुटेको छ । गाउँस्तरसम्म कोरोना भाइरसबारे सचेतना जगाउने अभियानमा लागेको बुद्धभूमिले साप्ताहिक रुपमा नगरका विभिन्न स्थानमा लाग्दै आएका हाट बजारलाई अर्को सुचना जारी नगर्दासम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्चका लागि नगरपालिकाले यस्तो निर्णय गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । हाट बजारमा धेरै मानिसको जमघट हुने र भारतबाट पनि व्यापारी आउने भएकोले कोरोनाको जोखिम उच्च देखिएकाले हाट बजार बन्द गर्नुपरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
हाट बजार बन्द भएसंगै बजारमा कालोबजारी बढ्न सक्ने भएकोले नगरपालिकाले त्यतातिर गम्भिर तरिकाले निगरानी गर्ने उहाँले बताउनुभयो । विपत्तीमा मौका छेप्ने अराराधि नै भएको भन्दै उहाँले जसले कालोबजारी गर्छ उसलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो ।
कोरोना भाइरसबाट बच्चका लागि विभिन्न प्रयास थालिएको भन्दै बजारमा प्रयाप्त दैनिक उपभोग्यका समग्री पाइने भएकाले ढुक्क रहन उहाँले नगरबासीमा आग्रह गर्नुभएको छ ।
५ चैत्र २०७६ बुधबार ००:००
16
Shares
प्रतिक्रिया