९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोरोना सचेतनाको लागि म्याराथन दौड र माइकिङ



मणि प्रसाद गैह्रे, तौलिहवा ।
विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणले स्थानीय स्तरमा समेत समस्या पार्न सक्ने भन्दै कपिलवस्तु बहुमुखी क्याम्पसले जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रमा सचेतनामुलक विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।
क्याम्पस परिसरमा कोरोनाबाट बच्ने उपायहरुको बारेमा फ्लेक्स कार्डहरु टास गर्ने काम गरेको छ भने सप्ताहव्यापी रुपमा संचालनमा रहेको खेल कार्यक्रमको अन्तिम दिन बुधबार तौलिहवा बजार क्षेत्रमा म्याराथन दौड प्रतियोगिता गरिएको छ ।
३२ जना विद्यार्थीहरुले सहभागीता जनाएको खेलका खेलाडीहरुको टिसर्टमा कोरोनाबाट बच्ने उपायहरुको बारेमा सूचना टाँस गरिएको थियो ।
त्यस्तै नगरबासीको सचेतनाको लागि कोरोना भाइरसबाट बच्चे उपाय र सावधानीको लागि माइकिड्ड गरिएको थियो । उक्त दौड तथा माइकिड्ड क्याम्पस परिसरबाट सुरु भई बुद्ध चौक, भिक्षु चौक, नयाँ टोल, जिल्ला प्रशासन चौक, महिता चौक हुँदै पुनः क्याम्पसमा आएर सम्पन्न भएको थियो ।
खेलकुदका साथै सामाजिक दायित्व र स्वास्थ्यप्रति सकारात्मक सन्देश फैलाउन उक्त कार्य गरिएको क्याम्पस प्रमुख डा. विनय पाण्डेयले बताए ।
सप्ताहव्यापी खेल अन्तरगत हाजिरीजवाफ, साइकिल रेस, व्याड्मिन्टन, भलिबल, सय मिटर दौड, निवन्ध लेखन, हाइजम्प, कुर्ची दौड लगायतका खेल सम्पन्न भएको अत्तिरिक्त क्रियाकलाप संयोजक टिकाराम ज्ञवालीले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७६ बुधबार ००:००  ७ : २६ बजे