मायादेवी अनलाइन, चारनम्बर ।
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल कपिलवस्तुको जगदीशपुर तालमा रहेको डुंगा सयर गरेर आनन्द लिनुभएको छ । संसदीय समितिबाट बुद्ध साइटको अध्ययन, भ्रमण र निरिक्षणका लागि जिल्लामा आउनुभएका नेता नेपाल जगदीशपुर ताललाई महत्व दिएर डुंगा चढ्नुभएको हो ।
दक्षिण एसियाकै सबैभन्दा ठूलो मानवनिर्मित ताल भएपनि सरकारबाट अपेक्षित भएको जगदीशपुर तालमा नेता नेपालको डुंगा चढाईले विकासको आशा पलाएको जगदीशपुरबासीले बताएका छन । यस क्षेत्रका प्रदेश सांसद विष्णु पन्थीको पहलमा जगदीशपुरको तालमा पुगेर डुंगा चढ्नुभएका नेता नेपालले यो ताल असाध्यै पर्यटकीय सम्भावना बोकेको भन्दै एक पटक घुम्न आउन सबैमा अनुरोध गर्नुभएको छ । सरकारले मूलुकका १ सय पर्यटकीय गन्तव्यको सूचीमा जगदीशपुरलाई राखेको भन्दै अब तालको मुहार फेरिनेमा विश्वास व्यक्त गर्नुभयो ।
आफुलाई यो ठाउँ अत्यन्तै सुन्दर र रमणीय लागेको प्रतिक्रिया दिँदै सरकारले यसको विकासका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेता नेपाल लगायत आएको सांसदहरुले टोलीले लम्बुसागर, नियालीकोट, अरौलाकोट लगायतका बुद्ध साइटको पनि भ्रमण गरेको सांसद विष्णु पन्थीले मायादेवी अनलाइनलाई बताउनुभयो ।
५ चैत्र २०७६ बुधबार ००:००
4
Shares
प्रतिक्रिया