९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रवेश पत्र दिने नाममा घूस लिने प्रअ पक्राउ



जनकपुरधाम
विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घूस लिएको आरोपमा धनुषाबाट सामूदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।
मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई २ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार पक्राउ गरेको छ ।

भोलि बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा सहभागी हुने विद्यार्थीले फारम नभरेको र रकम दिए प्रवेश पत्र उपलब्ध गराइदिने भनेपछि विद्यार्थीले उनाई २ हजार रकम दिइरहेका थिए । सोही क्रममा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६ बुधबार ००:००  २ : ४७ बजे