१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लखनऊमा उपचारमा संलग्न डाक्टरलाई नै कोरोना



एजेन्सी ।
भारतको लखनऊमा बिरामीको उपचारमा संलग्न एक जना डाक्टरलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गरिरहेका मेडिसन विभागका डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

ती डाक्टरमा कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई अहिले आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भएको छ भने हालसम्म १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति : ५ चैत्र २०७६ बुधबार ००:००  १ : २१ बजे