९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

‘सुसाइड नोट’ लेखेर कपिलवस्तुमा एक छात्राले गरिन आत्महत्या



मायादेवी अनलाइन, चन्द्रौटा ।

‘सुसाइड नोट’ लेखेर कपिलवस्तुमा एक छात्राले आत्महत्या गरेकि छन् । शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आर्दश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत विद्यार्थीले आत्महत्या गरेकि हुन् । चैत ३ गते पेशा व्यावसाय विषयको परिक्षा दिदै गर्दा अनुगमन टोलीले चिट खोसेपछी विद्यालयको बदनाम भएको कारण आत्महत्या गरेको सुसाईड नोटमा लेखिएको छ ।
शिवराज नगरपालिका वडा न १ उमरी बस्ने १८ वर्षिय सिमा विकले आत्महत्या गर्नुको कारण आफुले विद्यालयको बदनाम भएको कारण माफि माग्न लाएक नभएको पत्रमा लेखिएको छ । मंगललवार सुरही सामुदायिक बनमा जामुनको रुखमा झुण्डिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
विकले एक साथिलाई पत्र प्रध्यानाध्यापक लाई बुझाई माफि मागिदिन अपिल गरेकि छिन् । “मेरो सानो गल्तिले विद्यालयको बदनाम भएको छ, म यो समाजमा मुख देखाउन लाएक छैन, म मर्न चाहान्छु, मलाई माफि दिनुहोला” पत्रमा उल्लेख छ । चिट भटेपछि शिक्षकले विद्यार्थीहरुको प्रवेश पत्र र उत्तर पुस्तिका केहि समयको लागि खोसेका थिए । उनले २ पेजको नोटमा भावुक शव्दहरु लेखेकि छिन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६ बुधबार ००:००  १२ : २५ बजे