१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

युभेन्टसका दुई खेलाडीमा कोरोना



एजेन्सी ।
इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका अर्का एक खेलाडीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । युभेन्टसका मिडफिल्डर ब्लेज माटुइडीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
विश्वकप विजेता फ्रान्सेली खेलाडी ब्लेज (३२) कोरोना भाइरसको लक्षण देखिएपछि एक हप्ता अघि (मार्च ११) देखि स्वतन्त्र रुपमा आइसोलेसनमा थिए र अहिले उनमा संक्रमण पुष्टि भएको युभेन्टसले जनाएको छ ।
यसअघि युभेन्टसका सेन्टर–ब्याक डानिएले रुगानीलाई गएको हप्ता कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । इटालीमा सबै आन्तरिक फुटबल गतिविधिहरु कम्तिमा आउँदो अप्रिल ३ सम्मका लागि स्थगित भएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६ बुधबार ००:००  ७ : ५८ बजे