मायादेवी अनलाइन, चारनम्बर ।
प्रगतिशिल लेखक संघ कपिलवस्तुले संसारभर फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतना स्वरुप माइकिङ गर्ने भएको छ । मंगलबार जितपुर चारनम्बरमा बसेको बैठकले कोरोना भाइरस विरुद्ध नागरिकमा सचेतना जरुरी रहेको भन्दै जिल्लाको चन्द्रौटा क्षेत्रमा माइकिङ गर्ने निर्णय गरेको हो । विश्वभर कोरानाका कारण ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
संघका जिल्ला अध्यक्ष अजुर्न ‘शर’ को अध्यक्षतामा बसेको बैठकले आगामी नयाँ बर्षको अवसर पारेरमा चन्द्रौटामा विचार गोष्ठि आयोजना गर्ने निर्णय गरेको छ भने संघको नयाँ सदस्यता आह्वान गरी संगठन विस्तारमा तीव्रता दिने भएको छ ।
बैठकले हालै भएको सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) कपिलवस्तुको संयोजकमा चयन हुनुभएका संघका कोषाध्यक्ष चन्द्रकान्त न्यौपानेलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा थप सफलताको कामना गरेको संघका सचिव दिपक अनुरागीले जानकारी दिनुभयो ।
४ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया