१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाविरुद्ध बाँकेका स्थानीय तह एकजुट



बाँके ।
कोरोनो भाइरसविरुद्ध लड्न बाँकेका स्थानीय एकजुट भएका छन् । स्थानीय तहलगायत विभिन्न सरोकारवाला निकायबीच भएको समन्वयात्मक बैठकमा बाँकेका स्थानीय तह कोरोनोविरुद्ध लड्न एकजुट भएका हुन् । कोरोना भाइरस संक्रमितको उपचारमा सहयोग र्पुयाउन स्थानीय तहले रकम प्रदान गर्ने घोषणा गरेका छन् ।
नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख डा.धवलशमशेर राणाको संयोजकत्वमा गठन भएकोआकस्मिक कोष व्यवस्थापन समितिलाई नेपालगन्ज उपमहानगरपालिकाले ३० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । त्यसैगरि, आकस्मिक कोषका लागि जिल्ला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाले २० लाख, ६ वटा गाउँपालिकाले १०-१० लाख र नेपालगन्ज उद्योग वाणिज्य संघले २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । आवश्यक परे थप सहयोग गर्ने सहमति पनि स्थानीय तहले गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  ५ : ३८ बजे