१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

स्पेनमा कोरोनाले लियो फुटबल प्रशिक्षकको ज्यान



काठमाडौँ ।
कोरोना भाइरसको संक्रमणबाट स्पेनमा युवा फुटबल प्रशिक्षकको मृत्यु भएको छ । २१ बर्षिय स्पेनिस फुटबल कोच फ्रान्सिस्को ग्रासियाको कोरोनाबाट मृत्यु भएको हो ।

ग्रसियाले मालागामा रहेको क्लब एटलेटिको पोर्टाडाको युवा टिमलाई २०१६ देखि प्रशिक्षण दिइरहेको बताइएको छ ।

ग्रासियाको गएको साता कोरोना पोजेटिभ देखिएपछि उपचारको क्रममा आइतबार मृत्यु भएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

स्पेनमा अहिलेसम्म ७० बर्षभन्दा माथिकाको कोरोनाका कारण मृत्यु भइरहेकोमा ग्रासिया कोरोनाबाट मृत्यु हुने अहिलेसम्मका कम उमेरका भएको बताइएको छ ।

क्लबले एक विज्ञप्ति जारी गर्दै आफ्ना युवा टिमका प्रशिक्षकको मृत्यु भएको जानकारी दिदै दुख व्यक्त गरेको छ ।

स्पेनमा कोरोनाको संक्रमण तिब्रगतिमा फैलिरहेको छ । अहिलेसम्म करिब १० हजार संक्रमित भएका छन् भने ३४२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  १ : १२ बजे