बिष्णु कुमार आले, अर्घाखाँची ।
प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले भारी असिनापानीले क्षति पुरयाएको शीतगंगाबासीलाई प्रदेश ५ सरकारबाट सहयोगको व्यवस्था मिलाउने बताएका छन् । राष्ट्रिय प्राकृतिक बिपत्ति पछि किसानको बारीमै असिनाले नष्ट गरेको अन्नबाली तरकारी फलफुलको अवलोकन गर्नेक्रममा नेता घिमिरेले किसानलाई नआत्तिन आग्रह गर्दै क्षतिपूर्ति दिन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
किसानको नाजुक अवस्थाबारे प्रदेश ५ का कृषि मन्त्रीलाई जानकारी गराई सकिएको भन्दै नेता घिमिरेले प्रदेश सरकारबाट मात्र नभई संघीय सरकारसँग पनि सहयोगको माग गर्ने बताए ।
शीतगंगाको ३ र ४ वडामा किसानको अन्नबाली पूर्णरूपमा नष्ट गरेको छ भने वडा नम्बर ५ र १२ मा आंसिक रूपमा क्षति पुर्याएको छ । पूर्णरूपमा प्रभावित क्षेत्र वडा नम्बर ३ र ४ को थर्पु, साहुटोला, बजारटोला, अमराई लगायतको स्थानमा पुगेर अवलोकन गरी पीडित किसानहरूलाई क्षतिपुर्ती दिने आश्वासन दिएका हुन् । नगरका उपप्रमुख टीका रेश्मीमगरले इतिहास मै नदेखिएको अबिरल बर्षासंगै परेको असिनाले चुटेर किसानको बाली पूर्णरूपमा क्षति गरेको बताए ।
उपप्रमुख रेश्मीमगरले ५ दिन भित्र किसानको क्षतिको बिवरण लिएर नगरले क्षतिको संबोधन गर्ने बताए । यस अघि नगर प्रमुख सूर्य प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, जिल्ला प्रहरी प्रमुख प्रकाश बिष्ट, अनुसन्धान प्रमुख बिनय चर्तुभेदी, शसस्त्र प्रहरी प्रमुख माधव रेग्मी, पत्रकार बिष्णु कुमार आले, नवीन केसी लगायतको समुहले प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरिसकेको छ ।
४ चैत्र २०७६ मंगलबार ००:००
2
Shares
प्रतिक्रिया