मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघले महासंघको आसन्न अधिवेशनमा निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराईलाई केन्द्रिय सदस्यमा अघि सारेको छ । संघले भट्टराईलाई केन्द्रिय सदस्य पदमा जिताउनको लागि प्रचार प्रसारलाई तिव्रता दिने बताएको छ । महासंघको निर्वाचनको मिति नजिकिदै गर्दा शाखाले निर्वाचनका विभिन्न रणनीति तयार गरेको अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।
कपिलवस्तु शाखालाई महासंघको केन्द्रीय र जिल्ला नगर नेतृत्वले नजिकबाट बुझने अवसर पाएकाले शाखाले उठाएको उम्मेदवारलाई साथ रहने पौडेलले विश्वास व्यक्त गर्नुभयो । उहाँले उत्कृष्ट शाखाको रुपमा विभिन्न गतिविधी र उद्योग व्यवसायीको हकहितमा काम गरिरहेकोले कपिलवस्तु उद्योग वाणिज्य संघले अघि सारेको उम्मेदवार भट्टराईले चुनाव जित्ने दावी समेत गर्नुभयो ।
केन्द्रिय सदस्यका उम्मेदवार भट्टराई लामो समयदेखि व्यवसायीक हक हित र जिल्ला तथा प्रदेशमा अनुभव समेत बटुल्नु भएकाले केन्द्रमा राम्रो प्रभाव पारेको बुझिन्छ । प्रदेश र केन्द्रका हालका नेतृत्वले समेत हेर्ने दृष्टिकोण सकारात्मक रहेकाले कपिलवस्तुको तर्फबाट केन्द्रिय सदस्यमा प्रतिनिधित्व हुने कुरामा अध्यक्ष पौडेलले विश्वास व्यक्त गर्नुभयो । उम्मेदवारकै विषयमा अरु जिल्लामा धेरै विवाद भइरहदा कपिलवस्तुमा भने एकताका साथ अघि बढ्दा राम्रो सन्देश दिएको संघका सल्लाहकार टोपनारायण वेल्वासेले बताउनुभयो ।
महासंघको अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुने निश्चित भईसकेको छ । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २ वटा प्यानल बनाएर प्रधान र ढकाल चुनावी प्रतिस्पर्धामा छन् । निवर्तमान अध्यक्ष पशुपति मुरारका लगाएतका पूर्व अध्यक्षहरुले प्रधानलाई साथ दिने र सोही समुहले कपिलवस्तुलाई सहयोग गर्ने बताइएको छ ।
केन्द्रिय सदस्यका उम्मेदवार भट्टराईले आफु लामो समयदेखि उद्योगी व्यवसायीको संरक्षण र अधिकारका लागि लडिरहेको बताउदै महासंघको संस्थागत विकास र नितिगत पैरवीमा आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सवै जिल्ला नगर, एशोसियट र वस्तुगत सदस्यलाई आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । प्रदेश सदस्य समेत रहनुभएका यज्ञप्रसाद भट्टराईलाई जिताउन जिल्ला नगर भ्रमण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा तथा अधिवेशन चैत्र २८ र २९ गते सम्पन्न हुँदैछ ।
४ चैत्र २०७६ मंगलबार ००:००
4
Shares
प्रतिक्रिया