१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ गुरुयोजना, १४ अरब लागत, २० तल्ला र हेलीप्याड



बुटवल ।
प्रदेश योजना आयोगले लुम्विनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार पारेको छ । अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गरेर आम नागरिकमा स्वास्थ्यमा पहुँच बढाइने उल्लेखसहित तयार पारिएको गुरुयोजना सोमबार मुख्य मन्त्री शंकर पोख्रेललाई हस्तानतरण गरिएको छ । संरचना निर्माणको लागि मात्र १४ अरब लागत अनुमान गरिएको अस्पतालमा अन्र्तराष्ट्रिय मापदण्डमा दशदश तलाका २ वटा अत्याधुनिक भवन बन्ने गुरु योजनामा उल्लेख छ ।

अस्पत्तालमा मुख्यगरी सवै प्रकारका बिशेषज्ञ सेवा, हेलीप्याड, दुवै भवनमा दुईतल्ला अन्डरग्राउन र पार्किङ, हेलिप्याड, हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट सहितका अत्याधुनिक सेवा सुविधा उपलब्ध गराइने छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले तयार भएको नयाँ गुरुयोजना सोमबार मुख्य मन्त्री शंकर पोख्रेललाई हस्तानन्तरण गर्नुभएको हो । आर्किटेक इन्जिनियर विष्णु पन्थीले गुरुयोजना प्रस्तुत गर्दै अस्पतालको डिजाइन अन्तरराष्ट्रिय मापदण्डअनुसार बनाइएको बताउनु भयो ।

अस्पतालको मूख्य भवन १० तले हुने र उत्तरतर्फ रहेको अर्को जग्गामा १० तले गरी २० तले व्यवसायिक भवन प्रस्ताव गरि गुरुयोजना वनाइएको बताउनु भयो । गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा आधुनिक भवनबाट दिन सकिनेछ। र त्यसमा सबै सेवा उपलब्ध गराउन सक्ने उल्लेख छ।भवनको माथि हेलिप्याड समेत रहनेछ।

हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ। पन्थीले सबै वार्डहरुलाई अन्तर्राष्ट्रिय शैली र मापदण्डअनुसार बनाएकाले जुनसुकै सरुवा रोगका बिरामीको उपचारमा पनि समस्या उत्पन्न नहुने इन्जिनियर पन्थीले बताउनु भयो ।

उहाँले गुरुयोजना अनुसार अस्पताल निर्माण भए नेपालकै नमूना अस्पताल बन्ने दाबी गर्नुभयो । अहिले अस्पतालको नजिक रहेको वनको जग्गामा क्वाटर, अस्पतालको छतमा हेलिप्याड समेत हुने भएको छ।
चिकित्सक क्वाटरको लागि मात्रै दुई अर्व लाग्ने पन्थीले बताउनु भयो । नयाँ भवन बनाएपछि अहिको स्वरुप बदलिने छ भने कतिपय पुराना संरचना हटाएर आकर्षक बनाइने प्रदेश सरकारको योजना छ ।

भवनको माथि हेलिप्याडको सुविधापनि समावेश गरिएको छ । गुरुयोजना अनुसार छतको हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत रहनेछ ।


अस्पतालको गुरुयोजना हस्तान्तरण समारोहमा वोल्दै मुख्यमन्त्री पोखरेलले लुम्विनी प्रादेशिक अस्पताललाई नेपालकै मोडेल अस्पतालका रुपमा विकास गरिने बताउनु भयो ।

नीजि क्षेत्रलाई आकर्षित गर्नका लागि प्रदेश सरकारले अस्पतालसंगै व्यवसायीक भवन समेत वनाउन लागेको बताउदै उहाँले केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोग र बैक तथा वित्तिय संस्थासंग ऋण लिएर भए पनि पंचवर्षिय योजनामा तयार गरिने बताउनु भयो ।

गुरुयोजना वनेसंगै अव डीपिआरको काम शुरु गरिने पनि उहाँले बताउनु भयो । उहाँले डीपीआर तयार भएसँगै भवन निर्माणको काम शुरु हुने बताउनु भयो ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  ७ : ०७ बजे