१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाका कारण होटल ब्यावसायी मारमा, घरभाडामा ५० प्रतिशत छुट गर्न माग



बुटवल ।
नोबल कोरोना भाईरसको संक्रमणले विश्व समुदायलाई गम्भीर रुपमा प्रभावित गरिरहेको र यसको प्रभावले होटल तथा रेष्टुरेण्ट व्यवसायीको पेशा नै संकटमा पर्न गएकोले व्यवसायीहरुलाई घरभाडामा ५० प्रतिशत छुट दिन माग गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सोमवार बसेको विशेष बैठकले कोरोना भाईरसका कारण होटल व्यवसायी धरासायी भएको र यसको न्युनिकरण नहुदाँसम्म घर धनीहरुलाई साविकको भाडामा ५० प्रतिशत छुट गरी व्यवसायीलाई सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको अध्यक्ष समुन्द्र जिसी र महा सचिव माधव कुमार खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी बैंक तथा वित्तिय संस्थाहरुबाट होटल व्यसायीले लिएको व्यवसायीक कर्जाको व्याजमा सहुलियत प्रदान गर्न पनि बैठकले माग गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  ६ : ०८ बजे