१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ट्याक्टर व्यवसायीको गुनासोः राज्यले नराम्रोसंग विभेद गर्‍यो, अब संघर्षमा उत्रिनुको विकल्प छैन



दीपा महत, चारनम्बर ।
राज्यले ट्याक्टर ब्यवसायीलाई विभेद गरेको ट्याक्टर ब्यवसायीले गुनासो गरेका छन् । सोमबार वाणगंगामा भएको प्रदेश ५ का ट्याक्टर समितिको भेलामा सोमबार बोल्ने अधिकांश वक्ताले राज्यको विभेदकारी ब्यवहारले आफुहरु मारमा परेका बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल ट्याक्टर महासंघका अध्यक्ष खेम गौतमले ट्याक्टर ब्यवसायी धरापमा परेको भन्दै विभिन्न १३ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाउने तयारी भएको बताउनुभयो । आफुहरुले राखेका मागले ब्यवसायीको समस्या समाधान हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै महासंघका महासचिव स्वंय बन्धु कार्किले अब एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
पाल्पा ट्याक्टर समितिका अध्यक्ष रामप्रसाद क्षेत्रीले एक जिल्लाका ट्याक्टरहरु निर्वाध रुपले अर्को जिल्लामा जान पाउनुपर्ने माग गर्नुभयो ।
तुल्सीपुर ट्याक्टर समितिका अध्यक्ष चिन्तामणी आचार्यले बोल्दै राज्यबाट नै ट्याक्टर ब्यवसायी विभेदमा परेको भन्दै अन्य ब्यवसायी सरह आफुहरुलाई हेर्नुपर्ने बताउनुभयो ।
लमही ट्याक्टर प्रा.लि.का अध्यक्ष हिरालाल खड्काले आफुहरु बाध्य भएर प्रा.लि.मा गएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि ब्यवसायीको भेला गराएर प्रदेशमै जम्बो टिम बनाएर ट्याक्टर ब्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सबै जना एकजुट भएमा समस्या समाधान गर्न सकिने उहाँको भनाई छ ।
बाँके ट्याक्टर समितिका अध्यक्ष कृष्ण रानाले आफुहरुलाई दोहोरो कर तिर्नुपरेको भन्दै अब ब्यवसायी एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । बाँके ट्याक्टर प्रा.लि.का कानुनी सल्लाहकार अधिबक्ता कपिल ज्ञवालीले सुझाव सहितको मन्तब्य राख्नुभएको थियो ।
उहाँले करको ब्यवस्था सबैलाई एकै किसिमका हुनुपर्ने भन्दै खोलामा हुने चोरी निकासीलाई न्यूनिकरण गर्न जिल्ला प्रशासनले समिती निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । एउटै गाउँपालिकामा पनि विभिन्न नाममा रसिद काट्ने प्रबृती बढेको भन्दै यसले ब्यवसायी थप मर्कामा परेको बताउनुभयो । ब्यवसायीका यी समस्या समाधान नभए र ट्याक्टर ब्यवसायनै धरापमा पर्ने बताउनुभयो ।
कार्यक्रममा प्यूठान ट्याक्टर समितीका कोषाध्यक्ष मोहन विष्ट, नेपाल किसान ट्याक्टर समिति सल्लाहकार शंकर पौडेल, नेपाल ट्याक्टर महासंघ सचिव ज्ञानचन्द्र यादव लगाएतले बोल्दै ट्याक्टर महासंगले ब्यवसायीका कुरा सुन्नुपर्नेमा जोड दिनुभएको थियो । सरकारले यसैगरी ब्यवसायीलाई विभेद गरे आन्दोलनमा जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश ५ का १२ वटै जिल्लाका ट्याक्टर समितिका पदाधिकारी सहभागी थिए । नेपाल किसान ट्याक्टर समितीका अध्यक्ष मधु अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा अब्दुल सत्तार खाँको स्वागत मन्तब्य र सचिव शान्त विक्रम पौडेलको संचालनमा भएको हो ।

प्रदेशस्तरीय समिति गठन
भेलाले प्रदेश स्तरीय ७ समिती गठन गरेको छ । समितीको अध्यक्षमा धूर्वधिताल, उपाध्यक्षमा कृष्ण राना, सचिवमा झविन्द्र खनाल, कोषाध्यक्षमा गोबिन्द गिरी र अन्य सदस्यमा रहनुभएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६ सोमबार ००:००  ८ : १५ बजे