बुटवल ।
प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्य पदमा शंकर गिरी चयन भएका छन् । नेपाली कांग्रेसको सिफारिसमा गिरी प्रदेशसभा सदस्य नियुक्त भएका हुन् ।
निर्वाचन आयोगको बैठकले गिरीलाई प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ । विपक्षी दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो । गिरीलाई सोही रिक्त पदमा नियुक्त भएका हुन् ।
निर्वाचन आयोगले गिरीलाई आइतबार निर्वाचित भएको घोषणा गरेको र छिट्टै राजपत्रमा प्रकाशित गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । ‘आयोगबाट निर्णय भएको छ, राजपत्रमा प्रकाशित गर्ने र प्रदेश प्रमुखलाई लेखेर पठाउने काम हामी गर्छाैं,’ उनले भने ।
निर्वाचन आयोगले प्रदेश प्रमुखलाई जानकारी गराएपछि प्रदेश प्रमुख कार्यालयले प्रदेश सभालाई जानकारी दिने र सभामुखबाट सपथग्रहण लिएपछि गिरीले प्रदेशसभामा प्रवेश पाउनेछन् ।
३ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया