प्युठान ।
प्यूठानमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नौवहिनि गाउँपालिका ८ लुप्लुङमा आइतबार रा १ ख १८२१ नम्वरको ट्रिपर दुर्घटना हुँदा २० बर्षीय पारस नेपालीको मृत्यु भएको हो ।
उपचारको क्रममा बुटवल लैजादै गर्दा नेपालीको बड्डाडामा मृत्यु भएको हो । सो दुर्घटनामा परि दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले प्युठानले जानकारी दिएको छ ।
घाइते हुनेमा चालक २८ बर्षीय अर्जुन नेपाली र सहचालक १९ वर्षिय कृष्ण नेपाली रहेका छन् । चालक अर्जुन नेपालीको बुटवलमा उपचार भई रहेको छ भने सहचालक कृष्ण नेपालीको जिल्ला अस्पताल विजुवार प्यूठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ट्रिपर सडकबाट करिव २५ मिटर तल खसेको प्रहरी जनाइको छ । तिनै जनाको घर प्युठान नगरपालिका ८ खप्रेङखोलामा रहेको छ ।
३ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया