१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा



काठमाडौं ।
सुदूरपश्चिम प्रदेशले भोलि (मंगलबार) दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राना थारु समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने भएको हो ।
प्रदेश सरकारको गत फागुन २९ गतेको निर्णय अनुसार यी दुई जिल्लाका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुने आन्तरिक मामला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७६ सोमबार ००:००  ३ : ५४ बजे