काठमाडौं ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले पार्टीको १४ आंै महाधिवेशनमा आफ्नो गुट बलियो बनाएर जाने निष्कर्ष निकालेको छ । आगामी महाधिवेशनका बिषयमा छलफल गर्न भन्दै नेता सिटौलाले काठमाडौंको बत्तिसपुतलीमा सोमबार आफूनिकट नेताहरुको बैठक डाकेका थिए । नेताहरुको बैठकले तोकिएको समयमै कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड दिँदै गुटलाई बलियो बनाएर महाधिवेशन लक्षित अभियानमा होमिने निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी नेता प्रदीप पौडेलले आगामी महाधिवेशनमा सिटौलाको नेतृत्वमा शक्ति बढाएर लाग्ने गरी छलफल भएको थाहा खबरलाई जानकारी दिए । बैठकमा सिटौलासहित कांग्रेस केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी, शिव हुमागाईं, गगन थापा र प्रदीप पौडेललगायत सहभागी थिए । आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका सिटौलाले त्यसैको तयारीका लागि नेताहरुसँग छलफललाई तीव्र बनाएका छन् ।
प्रतिक्रिया