काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पनि नामका अघि डाक्टर लेख्न सक्ने भएका छन्। अछामबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका रावलले सोमबार त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी गरेका हुन्।
उनले नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोग बारे अनुसन्धान गरेका छन्। ‘आज मेरो भाइभा सकिएको छ,’ रावलले भने।
उनले आफ्नो अध्ययनका निष्कर्ष पनि संक्षिप्त रूपमा सुनाए। ‘हाम्रो देशमा राजनीतिमा हिंसाको कसरी प्रयोग गरिएको छ। राजनीतिक पात्रहरूले आफ्नो उद्देश्य पूरा गर्न कति त्यो हिंसालाई कति क्रुरतासम्म लैजान सक्छ भनेर मैले अध्ययन गरेको छु,’ रावलले भने,‘पद र आफ्नो उद्देश्य पूरा गर्न विभिन्न समयमा राजनीतिक पात्रले निकै क्रुर भएको देखिन्छ।’
उनले एकातिर हिंसाले सधैँ नकरात्मक परिणाममात्र ल्याउने नभई कहिलेकाहीँ सोच्दै नसोचेको अग्रगामी परिवर्तन पनि ल्याउने आफ्नो अध्ययनबाट देखिएको बताए। माओवादी द्वन्द्वमा पनि राजनीतिक हिंसाको प्रयोग भएको छ।
३ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया