१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पश्चिम नेपाल बस व्यवसायी रुपन्देहीद्धारा यात्रुको तापक्रम मापन गर्न सुरु



रुपन्देही ।
पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले लामो दूरीका बसमा यात्रा गर्ने यात्रुको शरीरको तापक्रम मापन गर्न सुरु गरेको छ । कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भन्ने उदेश्यले यात्रुको शरीरको तापक्रम नाप्न थालिएको प्रालीले जनाएको छ । प्रालिका अध्यक्ष दधिराम खरेलल आफ्नो मातहतमा रहेका झण्डै २ हजार ५ सय बसमध्ये लामो दूरीमा प्रयोग हुने बसका यात्रुको शरीरको तापक्रम नाप्ने बताउनु भयो । शरीरको तापक्रम उच्च देखिए यात्रुलाई स्वास्थ्य केन्द्रसम्म पुराउने गरी तयारी गरिएको प्रालिले बताएको छ । प्रालिले बुटवल, बेलहिया, भैरहवा, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा खरिद गरिएको उपकरणबाट यात्रुको तापक्रम मापन गर्ने व्यवस्था मिलाएको छ । भारतीय सीमा नाकाबाट आउने यात्रुमाथि बढी निगरानी गरिने बताइएको छ । कोरोनाको त्रास बढेपछि बसमा यात्रा गर्नेहरुको सख्या ५० प्रतिशतले कमी आएको अध्यक्ष खरेलले बताउनु भयो ।

प्रकाशित मिति : ३ चैत्र २०७६ सोमबार ००:००  ९ : ५३ बजे